Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यादेशको हल्लाका बीचमा प्रचण्ड र माधव भेटवार्ता


    बिहिबार, पुष २५ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संबिधान संशोधन हुने तथा थ्रेस होल्ड राखेर राजनीतिक दल सबन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र नेपालका बीचमा भेटबार्ता भएको हो । दुवै नेताले सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सो भेटवार्ता भएको हो ।

    दुइ नेतासहित अन्य नेताहरूका बिचमा भएको भेटवार्ताको क्रममा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा लगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले सञ्चारकर्मीलाइ जानकारी दिए ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ८७ सालमा संविधान संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिपछि दुई नेताबीच भेटवार्ता भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार