Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेकपा विवादबारे चाँडै निर्णय हुन्छ : निर्वाचन आयाेग


    शुक्रबार, पुष १० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयाेगले नेकपा विवाद् चाँडै टुंगाेमा पुर्याउने बिश्वास व्यक्त गरेका छन् ।

    शुक्रबार दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको थियाे ।

    अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता श्रेष्ठसहितका शीर्ष नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर आफूहरु आधिकारिक नेकपा भएको बताएका छन् ।

    प्रवक्ता श्रेष्ठले आफूहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएकामध्ये माइन्युटमा हस्ताक्षर गर्ने २९५ जनाको आधिकारिक प्रतिलिपि बुझाएको बताए ।

    जवाफमा प्रमुख निर्वाचन आयुक्तले राजनीतिक दलसम्बन्धी ऐन/कानुन हेरेर चाँडै नै निर्णय गर्ने आश्वासन दिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    शुक्रबार दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद् विघटनविरुद्धमा आन्दोलन सुरु गरेका हुन् । माइतीघरमा केहीबेर नाराबाजीसहित प्रदर्शनपछि सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार