Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता


    शुक्रबार, पुष १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

    त्यस्तै तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने तीन मन्त्रीमा अरुण नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल रहेका छन् ।

    आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए ।

    उनका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार