Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् विघटनविरुद्ध ‘हामी यहाँ छौँ’ भन्दै सडकमा उत्रियाे प्रचण्ड-नेपाल समूह


    शुक्रबार, पुष १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह सडक आन्दाेलनमा निस्किएको छ ।

    ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

    प्रधानमन्त्रीको कदमको विरोधमा आफूहरु सडकमा आउनुपरेको नेताहरूले बताएका छन् । संसद् पुनर्स्थापना नभएसम्म सडकमै रहने नेताहरूले चेतावनी दिएका छन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण आफूहरु सडकमा आउन बाध्य भएको नेतृ रामकुमारी झाक्रीले बताइन्  ।

    उनले आफूहरु पार्टी विभाजन हुनुहुँदैन भनेर लाग्दालाग्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्षकै हर्कतका कारण संविधानको रक्षाका लागि सडकमा आउनुपरेको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार