Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभु साहले भने-दुई अध्यक्षीय प्रणाली नेपालमा असफल भइसक्यो


    बिहिबार, पुष ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टीका केन्द्रीय सदस्य प्रभु साहले नेपालमा दुई अध्यक्षीय प्रणाली असफल भइसकेको बताएका छन्।उनले यस्तो पद्धति नअपनाउन आग्रह पनि गरेका छन् ।

    नेकपाभित्रको विवादमा प्रचण्‍ड-माधव समूहमा रहेका नेता साहले दुई अध्यक्षीय प्रणालीको गल्ती नदोहोर्‍याउन सचेत गराए ।

    ‘… दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुबीचको आपसी टकरावले आज पार्टी क्षतविक्षत मात्र भएन, सिंगो व्यवस्था नै अस्तव्यस्त भई देश अन्योलग्रस्त स्थितिमा छ,’ उनले भने,’मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्तविपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैधानिक भएकै कारण देशले गम्भीर घात व्यहोर्नुपरेको छ।’  

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आफूले प्रचण्ड नेतृत्वलाई साथ दिएको तर यो समूहले विगतकै जस्तो दुई अध्यक्षीय प्रणालीलाई सच्याउनुको सट्टा पुनरावृत्ति गरेको साहले टिप्पणी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार