Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा फुट्नुकाे प्रचण्डले खुलाए यस्ताे कारण


    बिहिबार, पुष ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी बचाउने विकल्प हुँदा हुँदै पनि प्रधानमन्त्री ओली आफै संसद विघटन गरेर चोइटिएर गएको बताएका छन् ।

    बिहिबार राजधानीमा आयोजित केन्द्रीय कमिटीको बैठकमा ओलीप्रति आक्रोश पोख्दै प्रचण्डले भने–‘पाँच मिनेट समय दिनुहोस् विकल्प लिएर आउँछु, संविधान विघटन नगरौं भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्नु भएन । लोकतान्त्रिक प्रणालीलाई अपहरण गरेर कता जान खोजिएको हो ? खबरदार! संविधानको अपहरण नगरियोस्। वैधानिक निकायलाई हामीले लगातार खबरदारी गरिरहनेछौं ।’

    आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्दै उनले भने–‘केपी ओलीले नेतृत्व गरेको त गुट हो, पार्टी होइन । त्यो अवैधानिक छ ।’

    कार्यक्रममा बोल्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र बामदेव गौतमलाई ल्याउन नसकेको स्वीकारे गर्दै भने–‘आजको हाम्रो बैठकमा बादल र बामदेव गौतमलाई पनि बोलाएका थियौँ। बामदेवजीले तयारी नपुगेको जनाउनुभयो। बादललाई ल्याउन सकेनौँ ।

    पछिल्लो घटनाक्रमका पछाडि ठूलो ग्रानडिजाइन रहेको दावी गर्दै प्रचण्डले भने–‘यो बाहिर देखिएजस्तो सामान्य घटनाक्रम होइन, यो ठूलो षड्यन्त्रको डिजाइन हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार