Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्रचण्ड–नेपाल पक्षका सवै सदस्य भाेलि निर्वाचन आयोग र सर्वोच्च जाने


    बिहिबार, पुष ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी( नेकपा) प्रचण्ड-माधव समुहका सबै केन्द्रीय सदस्यहरु शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएका छन् । उनीहरु १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने भएका हुन् ।

    यसअघि केन्द्रीय समितिका निर्णयहरु आयोगलाई जानकारी गराएको प्रचण्ड-नेपाल पक्षले नेकपाको आधिकारिकताका लागि आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर र बैठकका निर्णयहरु बुधबार आयोगमा बुझाएको हो ।

    नेकपाको ओली पक्षले आफूलाई वैधानिक दावी गरेपछि प्रचण्ड नेपाल पक्ष सवै केन्द्रीय सदस्यसहित आयोग जान लागेका हुन् । संविधान त कुनै पार्टी फुटे फुट्दा जसको पक्षमा बहुमत हुन्छ उसैले पुरानो पार्टी पाउने व्यवस्था छ ।

    निर्वाचन आयोगमा दर्ता भएको मौजुदा नेकपामा रहेका ४४१ सदस्यमध्ये प्रचण्ड पक्षसँग ३१५ भन्दा बढि केन्द्रीय सदस्य रहेका छन् भने ओली पक्षमा बाँकी रहेका छन् ।

    निर्वाचन आयोगमा दुवै पक्षले आफू आधिकारिक भएको भनेका छन् भने सर्वोच्चमा संसद विघटनविरुद्ध मुद्दा दायर गरेका छन् । शुक्रबार उक्त मुद्दाको सुनुवाई हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार