Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामचन्द्र पौडेल पक्षीय भेलाको निष्कर्ष : चरणबद्ध आन्दोलनको विकल्प छैन


    बिहिबार, पुष ९ २०७७
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाको चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

    संसद विघटनको विरोधमा तत्काल सडक आन्दोलनमा जान सभापति शेरबहादुर देउवा पक्षले आनाकानी गरेको भन्दै बिहीबार छुट्टै भेला बालाएकाे पाैडेल समूहकाे भेलाले सरकारकाे कदमबिरूद्ध चरणबद्ध आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको हाे ।

    आन्दोलन पक्षधर नेताहरूको राजधानीको अनामनगरमा सकिएको भेलाले जारी केन्द्रीय कमिटी बैठकमा आन्दोलन पक्षधरको एउटा आवाज बनाउने पनि निर्णय गरेको छ ।

    नेता पौडेलले सभापति देउवालाई छुट्टै भेटेर भेलाका निष्कर्ष र आन्दोलनका कार्यक्रमबारे जानकारी गराउने पनि भेलाको निर्णय भएको सहभागी एक नेताले बताए ।

    भेलाले पुस १३, १४ र १५ गते जिल्लाव्यापी प्रदर्शन, त्यसपछिका तीन दिन संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन, तेस्रो चरणमा पालिकास्तरीय र चौथोमा वडास्तरमा विरोध कार्यक्रम गर्नुपर्ने ठहर गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार