Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • दाहाल-नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डे


    बिहिबार, पुष ९ २०७७
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन हुने भएका छन् ।

    केन्द्रीय समिति बैठकअघि बसेको शीर्ष नेताहरुले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेका हुन् । स्राेतका अनुसार शीर्ष नेताको यो निर्णयलाई आजै बबरमहलमा बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

    महासचिवका लागि नेपालका तर्फबाट भीम रावल, दाहालका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा तथा झलनाथ खनालका तर्फबाट सुरेन्द्र पाण्डेको नाम चर्चामा थियो । दाहाल र नेपाल अध्यक्ष नै भएकाले महासचिवमा खनालले अघि सारेका पाण्डेले बाजी मारेका हुन् ।

    पाण्डेले तत्कालीन एमालेमा पनि महासचिवमा प्रतिस्पर्धा गरेका थिए । नेकपाका महासचिव विष्णु पौडेल ओली कित्तामा लागेपछि यो समूहमा महासचिवको ठाउँ खाली थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार