Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • अन्तत: ओलीकाे कित्तामा बादल


    बिहिबार, पुष ९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्तत: प्रधानमन्त्री केपी शर्माकाे कित्तामा जाने पक्का भएकाे छ। प्रतिनिधि सभा विघटन भएपिछ कुनैपक्षका भेलामा पनि सहभागी नबनेका बादल लामो छलफलपछि ओलीकाे कित्तामा जाने भएका हुन् । 

    बादल ओली पक्षमा देखिएका बादलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए। हिजो राति उहाँले ओलीलाई साथ दिने निर्णय गर्नुभएको हो,’ बादलनिकट ती केन्द्रीय सदस्यले भने,‘उहाँको कदमलाई कुनै पनि नेताहरूले साथ दिएका छैनन्।’

    बादल ओलीतिर जाँदा भने एक्लै गएका छन्। उनका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा लागेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार