काठमाडौँ, ४ बैशाख ।
काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्यापिड टेष्टलाई तिव्रता दिएको छ ।
काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै हिजो काठमाडौँ महानगरपालिकाले वडा नम्बर–५ का ३९ जनाको र्यापिड टेस्ट गराएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
काठमाडौँ महानगरपालिकाले र्यापिड टेस्टलाई निरन्तरता दिंदै आज वडा–४ का ५१ जनाको टेष्ट गराएको छ । बिदेशबाट आएका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचना गरी उनीहरुको टेष्ट गरेको वडाध्यक्ष मोहन विष्टले जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिका वडा–४ ले जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर बिदेशबाट आएका, सेल्फ क्वारेन्टायन र क्वारेन्टायनमा बसेका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचान गरी विवरण संकलन गरेको थियो,’ वडाध्यक्ष मोहन विष्टले भन्नुभयो, ‘यसरी विवरण संकलन गरेका ४६ र वागमती कलेजको क्वारेन्टायनमा बसेका ५ जान गरी ५१ जनाको आज र्यापिट टेष्ट भयो । उहाँहरु सबैको रिर्पोर्ट नेगेटिभ आयो ।’
कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले १ मार्च २०२० ९२०७६ फागुन १८० पछि विदेशबाट फर्केर महानगरपालिका भित्र वसोवास गर्दै आएका १ सय ३६ जनाको विवरण संकलन गरिसकेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । ‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्नेलगायतका कार्य गरेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘अब ३२ वटै वडामा र्यापिड टेष्टलाई तिव्र रुपमा अघि बढाउछौँ ।’
उहाँले बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुलाई सम्वन्धित वडामा सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो । ‘यसो भयो भने आफू सुरक्षित छु भन्ने ढुक्क हुन्छ,’ उहाँले भन्नुभयो, ‘छिमेकलाई पनि ढुक्क हुन्छ ।’
काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार महानगरपालिकाले विवरण संकलन गरेका १ सय ३७ मध्ये सबै भन्दा बढी दुबईबाट फर्किएका छन् । त्यसैगरी कतार,फान्स, अष्टे«लिया, बेल्जियम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशको भ्रमण गरी आएकाहरुको पनि विवरणमा संकलन गरिएको छ ।
महानगरपालिकाले त्यसरी विदेशबाट आएर महानगरपालिकामा बसोवास गर्नेमा सबै भन्दा बढी वडा नम्बर–११ मा रहेको विवरण संकलन गरेको छ । विवरण अनुसार उक्त वडामा २६ जना रहेका छन् । वडा–३० र ३१ मा ११–११ जना रहेका छन् भने ३२ मा ६ जना रहेका छन् । त्यस्तै वडा–२२ मा ७ र वडा–२१ र ७ मा ६–६ जना रहेका छन् । वडा–१४ मा ५ र वडा–१९ मा ४ जना रहेका छन् । अन्य वडामा त्यो भन्दा कम संख्यामा रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend