Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नागार्जुनका मेयरसँगै माउन्टेन टेलिभिजनका मालिकबिरुद्ध समेत मुद्दा दायर


    आइतबार, पुष १४ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    मेयर बस्नेतको सम्पत्ति शद्धीकरणमा मद्दत गर्ने पदम कोलोनीका संचालक तथा माउन्टेन टेलिभिजनका मालिक राजुप्रसाद कँडेलबिरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र राजु कँडेलबिरुद्ध मुद्दा दर्ता गरेको हो ।

    अख्तियारले मेयर बस्नेत र उनकी श्रीमती उर्मिलामाथि जनही ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

    मेयर मोहनबहादुर र उनकी श्रीमती उर्मिलालाई सम्पत्ति शद्धीकरणमा सघाएकोमा टेलिभिजन संचालक कँडेललाई पनि आयोगले १३ करोड १२ लाख ७३ हजार ३२ बिगो माग दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार