Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कांग्रेस चुनावमा जान्छ : नेता पाैडेल


    बुधबार, पुष ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी चुनावको विपक्षमा नरहेको बताएका छन्।

    प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिएको कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

    नेता पौडेल आफै पनि पनि प्रतिनिधिसभा विघटनको कडा आलोचक हुन्। तर उनैले आज कांग्रेस चुनावबाट भाग्ने पार्टी नभएको बताउँदै चुनाव भएमा नेपाली कांग्रेस पनि चुनावमा जाने बताएका हुन् । 

    संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको शुक्रबार संबैधानिक इजालसल सुनुवाई गर्ने निर्णय गरेकै दिन पौडेलले भने–‘नेपाली कांग्रेसले न्यायपालिकालाई सधैँ मानेकै छ । तत्कालीन एमालेले उसबेला अदालतमा ढुङ्गा हानेजस्तो हान्न जान्नौं, तर फैसलामा पनि अदालत र न्यायाधीशहरूले संविधानको धारा त देखाउनु पर्ला नि, व्याख्या त गर्नुपर्ला।’

    उनले भने–‘हामी चुनाववादी हौँ, चुनावभन्दा भाग्ने होइनौँ। तर चुनाव हुन्छ र ? मेरो चिन्ता यही हो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार