Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • संसद पुनर्स्थापना गरेर नयाँ सरकार बनाउँछौं : प्रचण्ड


    बुधबार, पुष ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने दाबी गरेका छन्।

    बानेश्वरमा बुधबार दिउँसो प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि उनले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    उनले सबै राजनीतिक दलसँग सहकार्य गरेर राष्ट्र र जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्न आफ्नो ध्यान हुने बताए।

    आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो। प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका ९३ जना सांसद सहभागी थिए। नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार