काठमाडौं । नेकपा(एमाले)को सचिवालयको बुधबार बसेको बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । रावलले एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि केपी शर्मा ओलीले उनलाई पार्टीमा कुनै जिम्मेवारी दिएका थिएनन् ।
ओलीलाई सर्वसम्मत अध्यक्ष हुन नदिएकै प्रतिशोध साँध्न उनलाई किनारा लगाइएको थियो ।
त्यस्तै एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ । उनीहरु ६ महिना जिम्मेवारीबिहीन हुनेछन् ।
एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो ।
ललिता निवासको जग्गा र करछली प्रकरणमा भ्रष्टाचारी ठहर भएका भाटभटेनीका साहु मीनबहादुर गुरुङसँग जग्गा दान लिने निर्णयका बिरुद्ध अभिब्यक्ति दिएपछि उनीहरुलाई स्पष्टीकरण सोधेको एमालेले आज रावललाई पार्टीबाटै हटाएको छ भने पाण्डे र तिमल्सेनलाई निलम्बन गरेको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend