Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले भीम रावललाई पार्टीबाट हटायो, बिन्दा पाण्डे र उषाकिरण ६ महिना निलम्बित


    बुधबार, पुष १० २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)को सचिवालयको बुधबार बसेको बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । रावलले एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि केपी शर्मा ओलीले उनलाई पार्टीमा कुनै जिम्मेवारी दिएका थिएनन् ।

    ओलीलाई सर्वसम्मत अध्यक्ष हुन नदिएकै प्रतिशोध साँध्न उनलाई किनारा लगाइएको थियो ।

    त्यस्तै एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य  विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ । उनीहरु ६ महिना जिम्मेवारीबिहीन हुनेछन् ।

    एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो ।

    ललिता निवासको जग्गा र करछली प्रकरणमा भ्रष्टाचारी ठहर भएका भाटभटेनीका साहु मीनबहादुर गुरुङसँग जग्गा दान लिने निर्णयका बिरुद्ध अभिब्यक्ति दिएपछि उनीहरुलाई स्पष्टीकरण सोधेको एमालेले आज रावललाई पार्टीबाटै हटाएको छ भने पाण्डे र तिमल्सेनलाई निलम्बन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार