काठमाडौं । मोबाइल भ्यान प्रयोगशाला खरिदमा २४ करोडभन्दा बढी भ्रष्टाचारमा मुछिएका खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णलाई केपी ओली सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले सोही विभागको नेतृत्वमा पठाएर सुशासनको धज्जी उडाएका छन् ।
तीन महिनाअघि काजसरुवा गरिएका तिनै कर्णलाई उनले कन्फर्म महानिर्देशकको जिम्मा दिन लागेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ बर्षअघि २०७६ असार ५ गते विभागका तत्कालीन महानिर्देशक कर्णसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
कर्णले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएका चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको अख्तियारले आरोप लगाएको थियो । मोबाइल भ्यानहरू कार्यालयमा दाखिला नगरी भुक्तानी गरिएको र त्यसक्रममा भ्रष्टाचार भएको अख्तियारले दाबी रहेको थियो । तर कर्णले विशेष अदालतमा सेटिङ गरी मुद्दा जिते । उनलाई अधिकारीभन्दा अगाडिका कृषिमन्त्रीले महानिर्देशक बनाएनन् । तर मन्त्री अधिकारीले भने उनलाई मोटो आर्थिक लेनदेन गरी महानिर्देशक बनाएको आरोप छ । अख्तियारले प्रयोगशाला भ्यान खरिदमा भएको अनियमिततामा सफाइ दिने विशेष अदालतको आदेशबिरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिसकेको छ ।
यस्ता विवादित कर्णलाई अधिकारीले विभागको नेतृत्व सुम्पिन लागेका हुन् । काजमा तीन महिनाका लागि विभागको नेतृत्व सम्हालेपछि उद्योगीसँग मन्त्रीलाई महानिर्देशक बनाएबापत रकम बुझाउनु छ भनेर उठन्ती अभियान चलाएका कर्णले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको समेत बदनाम गर्दैआएका छन् ।
उद्योगीहरुलाई कार्यकक्षमा बोलाउँदै तोकेरै सहयोग माग्ने र नदिए फाइल अड्काउने, अनुगमनमा पठाउने र अनावश्यक दुःख दिने त्रास सृजना गर्दै बिभागमा आतंक सृजना गर्दा पनि कृषि तथा पशुपंछी मन्त्री रामनाथ अधिकारी रमिते बनेका छन् ।
रामनाथ अधिकारी कृषि मन्त्री भएपछि उनलाई सेटिङमै काजमा महानिर्देशक बनाइयो । संचालन नै नहुने गुणस्तरहीन प्रयोगशाला खरिद गरेका कर्णलाई पुनः खाद्य प्रबिधिकै नेतृत्वमा पठाउनु सुशासनकै उपहासका रुपमा लिइएको थियो । काजसरुवा हुनासाथ कर्णले गुणस्तरहीन तिनै प्रयोगशाला भ्यानलाई डेन्टपेन्ट गरेर ‘आफूले खरिद गरेका भ्यान अख्तियारले भनेजस्तो गुणस्तरहीन नभएको’ देखाउन खोजेका छन् । प्रधानमन्त्री कृषि आयोजना अन्तर्गत उक्त भयान खरिद गरिएका थिए । उक्त भ्यान प्रधानमन्त्रीकै नामसँग जोडिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मन्त्री अधिकारीलाई भ्यान संचालन गर्न निर्देशन दिएपछि सो कार्यान्वयन गर्ने सर्तमा कर्णलाई विभाग पठाइएको हो । विभागको खाली जग्गामा बनमारा झारले छोपेर खिया लागिसकेका ती भ्यान मर्मतसम्भारका नाममा दसौं लाख खर्च विभागकै एक अधिकारी बताउँछन् ।
प्रयोगशालासहितका भनिएका भ्यानहरु नाममात्रका छन् । उक्त भ्यान दैनिक उद्योग–उद्योगमा दौडाएर आतंक सृजना गर्ने काम भइरहेको छ । नायबसुब्बा र सवारी चालकका भरमा लाखौं खर्च गरेर संचालनमा ल्याइएका भ्यानहरु सडक र उद्योगमा जबर्जस्ती दौडाउने, उद्योगी तर्साउने र असुल्ने माध्यम बनेका छन् ।
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
काठमाडौं । आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (मा...
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend