काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा पुल्चोक क्याम्पसमा प्रदर्शन भएको छ । विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन भएको हो ।
जिल्लाका विभिन्न अरु इञ्जिनियरिङ्ग क्याम्पसका नेता–कार्यकर्ताको समेत उपस्थितिमा भएको उक्त विरोध कार्यक्रम ओलीको कदमको चर्को विरोध गरिएको थियो ।
अखिल क्रान्तिकारीबाट शिशिर पन्त र अनेरास्ववियुबाट संयोग पोख्रेलको नेतृत्वमा भएको उक्त कार्यक्रमलाई केन्द्रीय कमिटीबाट सागर अधिकारीले सम्बोधन गरेका थिए ।
सो क्रममा प्राविधिक जिल्लाका नेता अमृत अधिकारी, शिशिर आदित्य गौतम, सुनिल थापा, सुगम ढकाल, विनय बस्नेतलगायतले सम्बोधन गरेका थिए ।
विरोध सभाअघि पुल्चोक क्याम्पस हुँदै पाटन क्याम्पस पुगेर केहीबेर दुवै क्याम्पसको संगठनको संयुक्त विरोध र नारावाजी समेत गरिएको थियो।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend