Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई


    सोमबार, पुष ६ २०७७
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेको सन्दर्भमा डा. भट्टराईले वैशाखमा चुनाव नहुने दाबी गरेका हुन् ।

    उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘वैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङ्गमा फसिसक्यो ।’ उनले संवैधानिक कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न नसकिने बताएका छन् । बरु दिगो उपचार राजनीतिक नै भएको भट्टराईको भनाइ छ ।

    संगठित/एकीकृत/सशक्त जनप्रतिरोध र प्रतिनिधिसभाको बैठक नै दिगो राजनीतिक उपचार भएको भट्टराईको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार