Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • संसद् विघटन प्रस्तावमा विरोध वा समर्थन केही छैन : वामदेव गौतम


    आइतबार, पुष ५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद् विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् ।

    नेता गौतमले समाजिक सञ्जाल मार्फत भनेका छन्, ‘संसद् विघटनको सरकारको यो कदममा न मेरो समर्थन छ, न मेरो विरोध छ । नो कमेन्ट ।’

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

    प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा बालाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

    सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार