Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटन गर्ने निर्णय असंवैधानिक छ : नेकपा प्रवक्ता श्रेष्ठ


    आइतबार, पुष ५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको लागि गरेकाे सिफारिस असंवैधानिक भएको बताएका छन् ।

    आइतबार आकस्मिक रूपमा बसेकाे मन्त्रिपरिषद् बैठकले संसद विघटनको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । नेकपा प्रवक्ता श्रेष्ठले पार्टीभित्र चर्काे अन्तरविराेध चलिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले चालेकाे कलमबारे चर्को विरोध गरे ।

    प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटन गरेर ताजा जनादेशमा जाने नर्णय गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार