Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ओलीले आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन गरेकाे आग्रह प्रचण्ड–नेपालद्वारा अस्वीकार


    शनिबार, पुष ४ २०७७
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् 

    खुमलटार भएकाे छलफलमा ओलीले आफूविरुद्धको राजनीतिक प्रतिवेदन फिर्ता लिन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका हुन् ।

    स्राेतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्ड, पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँगको आज बिहान खुमलटारमा भएको छलफलमा ओलीले आफूविरुद्धको प्रतिदेवन फिर्ता लिन आग्रह गरेका हुन् ।

    ओलीको सो आग्रह प्रचण्ड र नेपालले अस्वीकार गरेकाे स्राेतकाे भनाइ छ। छलफलमा उपस्थित गौतम भने ओलीले गरेको आग्रहप्रति मौन रहेका स्रोतले जानकारी दिएको छ । तर ओलीले भर्खरै जारी भएको संवैधानि परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे भने केहि पनि कुरा गरेनन् । डेढ घण्टासम्म प्रचण्डबीच छलफल गरेपछि ओली गृहमन्त्री रामबहादुरलाई भेट पुल्चोक पुगेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार