Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ओलीपछि लगत्तै वामदेव गौतम खुमलटार पुगे


    शनिबार, पुष ४ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेको केहीबेरमै उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । पार्टीभित्र जारी रहेको आन्तरिक विवादका बारेमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार पुगेको केहीबेरमै गौतम पुगेका छन् । पछिल्लो समय प्रचण्ड, माधव नेपालसहितका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग्दैआएका छन् ।

    गौतमले प्रचण्ड–नेपालको भेलामा नगई कुनै गुट भेलामा नजाने, पाँच सचिवालय सदस्यको बैठकमा मात्र जाने अभिब्यक्ति दिएका थिए । तर आज दुई अध्यक्षबीच भएको बैठकमा उनी पनि जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार