काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता भएको छ । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा आज साँ भएको दुई अध्यक्षबीचको भेटमा सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका थिए ।
स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने र संसद आव्हानका लागि राष्ट्रपतिसमक्ष समावेदन प्रस्तुत गर्ने विषय फिर्ता गर्नेबारे सहमति भएको थियो ।
प्रचण्ड पक्षले सहमति कार्यान्वयन गर्दै राष्टपति समक्ष समावेदन गरेनन् भने अहिलेसम्म प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने विषयमा पहल गरेको छैन ।
यसैबीच प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने निर्णय गरेको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend