काठमाडौं, ३ बैशाख ।
कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न आठ वटा महत्वपूर्ण निर्णय गरेको छ । त्यसमा महत्वपूर्ण बिषय स्वास्थ्य सामग्री खरिदको बारेमा भएको छ ।
कोरोना भाइरसबाट नेपालमा १४ जना संक्रमित भइसकेको र दिनदिनै यो संख्या बढिरहेपछि समितिले स्वास्थ्य सामग्री खरिदलाई प्राथमिकता दिएको छ । समितिको बैठकले चीनबाट जिटूजी माध्यमबाट स्वास्थ्य सामग्री खरिदको विषयलाई टुंगो लगाएको हो । सरकारले चीनबाट जिटूजी माध्यमबाट स्वास्थ्य सामग्री खरिद गरी आयात गर्ने बुधबार समझदारी भएको छ । चीनबाट ल्याइने सामानको मूल्य तय भइसकेको र बुधबार नै अन्तिम डिल गर्न लागिएको छ ।
समितिका प्रवक्ता नारायण प्रसाद बिडारीका अनुसार तीन चरणमा भिडियो कन्फरेन्समार्फत जिटूजी माध्यमबाट खरिदको काम अन्तिम चरणमा पुगेको र आजै यसबारे टुंगो लाग्ने बताए । स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयको संयोजकत्वमा चीनसँग स्वास्थ्य सामाग्री खरिदबारे छलफल अघि बढाइएको थियो । चरणबद्ध छलफलपछि चीनसँग समझदारी भएको हो । सरकारले निजी कम्पनीमार्फतको खरिदमा भ्रष्टाचारका चरम विवादमा परेपछि त्यसलाई रद्द गरी जिटूजीमाध्यमबाट खरिद गर्न लागेको हो ।
लकडाउनमा नमान्नेलाइृ मुद्दा
बैठकले लकडाउन कार्यान्वायनमा थप कडाई गर्ने र नमान्नेलाई मुद्दा चलाउने निर्णय गरेको छ । संक्रामक रोग ऐनअनुसार मुद्दा चलाउने निर्णय भएको सचिव बिडारीले बताए । संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाई गर्न लागिएको हो ।
त्यस्तै जोखिम बढ्दै गएको निष्कर्ष निकाली परीक्षण पहिचान र उपचारलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । त्रिभुवन विश्वबिद्यालयमा रहेको पिसिआर मेसिनलाई २ नम्बर प्रदेशमा दिने निर्णय गरिएको छ ।
अफगानिस्तानमा संयुक्त राष्ट्रसंघअन्र्तगतका निकायमा कार्यरत नेपालीलाई चार्टड विमानमार्फत नेपाल ल्याउने निर्णय भएको छ । राष्ट्रसंघले नै त्यसबारे पत्राचार गरेको सचिव बिडारीले बताए । अफगानिस्तानमा जोखिम बढेपछि उनीहरुलाई नेपाल ल्याउन लागिएको हो ।
बैठकले बैशाख १८ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय समेत गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend