Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थायी कमिटीको बैठक सकियाे: ओली र प्रचण्डबीच भयाे यस्ताे सहमति


    बुधबार, पुष १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । 

    बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय भएन।

    अब स्थायी कमिटी बैठक अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार