काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्ताे माग गरेकाे हाे।
बैठकमा शीर्ष नेताका साथै संसदीय फाटका नेताहरुकाे पनि सहभागिता रहेकाे थियाे। प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको जानकारी दिए ।
बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय गरेको छ भने बिहीबारका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ । सो बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ ।
बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend