काठमाडाैं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि यसकाे चर्काे विराेध भइरहेकाे छ । प्रतिपक्षी दलका नेताहरूले मात्रै हाेइन, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले पनि अध्यादेशकाे चर्काे विराेध गरिरहेका छन् ।
पछिल्लाे समय नेकपाभित्र देखिएकाे विवाद अध्यादेश जारी भएपछि झनै बढ्ने संकेत देखिएकाे छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा समेत छलफल नगरी एकलाैटी रूपमा अध्यादेश जारी गरेकाे भन्दै मन्त्रिपरिषद्का सदस्यसमेत रूष्ट बनेकाे छन् ।
सभामुख अग्नि सापकाेटा एकदिन संवैधानिक परिषद्काे बैठकमा उपस्थित नहुँदा प्रधानमन्त्री ओलीले एकलाैटी रूपमा अध्यादेश ल्याएर बहुमतका आधारमा निर्णय गर्ने बाटाे खुला गरेका छन् ।
विवादकाबीच नेकपाकाे स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले मङ्गलबार ल्याएको विवादित अध्यादेश छलफलको प्रमुख विषय बन्नेछ ।
सचिवालय र स्थायि कमिटी बैठकमा समेत उनुपस्थित हुँदै आएका ओलीबिरूद्ध पार्टीले बहुमतका आधारमा निर्णय गरेमा त्यसकाे परिणाम भाेग्नका लागि तयार रहनुपर्ने देखिन्छ ।
सभामुख सापकाेटा एकदिन संवैधानिक परिषद्काे बैठकमा नजॉदा प्रधानमन्त्रीले अध्यादेश ल्याएर ‘अघि’ बढे जस्तै ओली पार्टीको बैठकमा नजॉदा पार्टीले बहुमतका आधारमा निर्णय गर्ने बाटाे खुला भएकाे छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend