काठमाडौं । संवैधानिक परिषदको मंगलबार साँझ बसेको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । बहुमतीय आधारमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्न आजै अध्यादेश ल्याइएको भए पनि चौतर्फी बिरोधका कारण कुनै निर्णय नगरी स्रवैधानिक परिषदको बैठक सकिएको छ । । बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरे पनि कुनै निर्णय नगरेको राष्ट्यिसभाका अध्यक्ष तिमिल्सिनाले प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आव बिहानको संवैधानिक परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि आक्रोसित भई संबैधानिक परिषद(काम, कर्तब्य र अधिकार) सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेका थिए । जुन अध्यादेश तत्कालै राष्ट्रपति विद्या भण्डारीले जारी गरेकी थिइन् ।
परिषदको बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए ६ सदस्यीय परिषदमा उपसभामुख चयन भएका छैनन् । आजको बैठकबाट अख्तियारको आयुक्तहरुमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवाल नियुक्ति सिफारिस हुने चर्चा बालुवाटार बृत्तमा थियो ।
बालुवाटार स्रोतधका अनुसार प्रधानमन्त्री ओलीको कोटाबाट राई, विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट जयबहादुर चन्द र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट किहशोर सिलवाललाई नियुक्ति सिफारिस गर्न लागेका थिए । राई पूर्वगृहसचिव, चन्द पूर्वएआइजी र सिलवाल उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश हुन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend