काठमाडाैँ । जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जबाट ६५ लाखभन्दा बढी मूल्यको चाँदीको गहना नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–६ गहवामा सञ्चालित रहेको जय नरसिंह ज्वयलर्सको गोदामा छापामारी प्रहरीले ६५ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भित्र्याइएका गहना भण्डारण गरी राखिएको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणका गहना बरामद गरिएको प्रहरी उपरीक्षण गङ्गा पन्तले जानकारी दिनुभयो । सामान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ज्वायलर्सकी सञ्चालिका सुनिताकुमारी सर्राफका श्रीमान् दीपक सर्राफलाई नियन्त्रणमा लिइएको उपरीक्षक पन्तले बताउनुभयो ।
बरामद गरिएको गहना र नियन्त्रणमा रहेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भएको उपरीक्षक पन्तले जानकारी दिनुभयो । बरामद भएका सबै गहना नेपालमै उत्पादन गरिएको र सबै गहनाको कागजात दुरुस्त रहेको सुन चाँदी व्यवसायी सङ्घ पर्साका उपाध्यक्ष बच्चा सर्राफले जानकारी दिनुभयो । उहाँले प्रहरीलाई सबै कागजात देखाउदा व्यवसायीलाई दुःख दिने काम मात्र गरिएको आरोप लगाउनुभयो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend