काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।
प्रधानमन्त्री ओलीले गुरुङलाई बोलाएरै सत्तापक्षको प्रमुख सचेतको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै राजीनामा मागेको स्रोतले जनाएको छ । स्राेतले भन्याे,’गुरुङले प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्दै हिँडेकोले उनीसँग राजीनामा मागिएको हाे।’
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनलाई केही दिनअघि नै राजीनामा दिन भनिएको हो । ‘उहाँ (गुरुङ)ले प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्दै हिँडेपछि प्रधानमन्त्रीज्यूले बोलाएर सचेत गराउनुभएको थियो तर उहाँ नसच्चिएपछि राजीनामा दिन भन्नुभएको हो’ स्रोतले भन्यो ‘अब पनि राजीनामा नदिए बर्खास्त समेत गर्न सक्नुहुन्छ ।’
प्रधानमन्त्रीले सोमबार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर यस विषयमा जानकारी दिएका थिए । प्रधानमन्त्रीले आफूले गुरुङलाई हटाउन लागेको बताएपछि प्रचण्डले यसको प्रतिवाद गरेका छन् । प्रचण्डले पार्टीको बैठक राख्नुको सट्टा प्रधानमन्त्री अन्यत्रै सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्ने प्राबधान रहे पनि पार्टी एकीकरणपछि गुरुङ माओवादी कोटाबाट प्रमुख सचेतक भएका थिए । गुरुङले प्रधानमन्त्रीले राजीनामा मागेको स्वीकार गरेका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend