Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेकपा विवाद आन्तरिक रूपमै समाधान हुन्छ, कसैले चाहँदैमा फुट्दैन : अर्थमन्त्री पौडेल


    मंगलबार, मंसिर ३० २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । अर्थमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपाभित्रको अन्तरिक विवाद आन्तरिक रूपमै समाधान हुने बताएका छन् ।

    रूपन्देहीकाे बुटवलमा एक कार्यक्रममा उनले नेकपाभित्र अहिले देखिएका समस्यामा विग्रहको खोजी गर्नेहरू विफल हुने दाबी गर्दै आन्तरिक रूपमै विवाद समाधान हुने बताए ।

    पार्टीभित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थितरतातिर धकेल्ने प्रयास भएपनि त्यो सफल नहुने उनकाे विश्वास छ । ‘कसैले नेकपा फुटोस् भन्ने चाहँदैमा पार्टी फुट्दैन, पार्टीमा विवाद आउनु र त्यसको समाधान हुँदै जानु नियमित प्रक्रिया हो ।’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार