काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभामुख अग्निप्रसाद सापकोटाले असहयोग गरेका छन् ।
आइतबार बस्न नसकेको संवैधानिक परिषदको बैठक प्रधानमन्त्री ओलीले मंगलबार बिहान बोलाएका थिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेपछि सभामुख सापकोटा बैठकमा अनुपस्थित भई परिषद अध्यक्ष समेत रहेका ओलीलाई असहयोग गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भए पनि सापकोटाको अनुपस्थितिले विभिन्न संवैधानिक निकायमा हुनुपर्ने नियुक्तिमा प्रभाव परेको छ। परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ। परिषद बैठकमा सबैको उपस्थितिका आधारमा विभिन्न संवैधानि निकायमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ।
नेकपाभित्रको जारी विवादका कारण प्रचण्ड–माधव नेपाल समूहले विभिन्न निकायको नियुक्तिमा रोक लगाउनका निम्ति सभामुखलाई अनुपस्थित हुन भनिएको थियो।
संवैधानिक परिषद(काम कर्तब्य र अधिकार कार्यबिधि) सम्बन्धी ऐन २०६६को परिषद बैठक सम्बन्धी कार्यबिधिमा प्रष्टसँग उल्लेख छ–बैठकको कोरम पुग्नका लागि अध्यक्षसहित ४ जना सदस्य उपस्थित हुनुपर्नेछ । बैठकमा ५ जना उपस्थित हुनुपर्ने ऐनको ब्यवस्था छ ।
६ सदस्यीय परिषदमा उपसभामुख चयन नै नभएकाले ५ जनामात्र छन् । नेकपाभित्रको विवादका कारण सभामुख सापकोटा उपस्थित नभए पनि कोरम पुग्दैन । विपक्षी दलका नेता देउवा पनि उपस्थित हुने संभावना कम छ । यद्यपि देउवालाई नियुक्तिको कोटा दिएर बैठकमा उपस्थित गराउन राजी गराइएको चर्चा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend