काठमाडौं । संवैधानिक परिषदको बैठक आज ११ बजेका लागि बोलाइएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा नआएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा पनि देउवा र सापकोटा उपस्थित हुने नहुने एकीन हुन सकेको छैन । संवैधानिक परिषद(काम कर्तब्य र अधिकार कार्यबिधि) सम्बन्धी ऐन २०६६को परिषद बैठक सम्बन्धी कार्यबिधिमा प्रष्टसँग उल्लेख छ–बैठकको कोरम पुग्नका लागि अध्यक्षसहित ४ जना सदस्य उपस्थित हुनुपर्नेछ । बैठकमा ५ जना उपस्थित हुनुपर्ने ऐनको ब्यवस्था छ ।
६ सदस्यीय परिषदमा उपसभामुख चयन नै नभएकाले ५ जनामात्र छन् । नेकपाभित्रको विवादका कारण सभामुख सापकोटा उपस्थित नभए पनि कोरम पुग्दैन । विपक्षी दलका नेता देउवा पनि उपस्थित हुने संभावना कम छ । यद्यपि देउवालाई नियुक्तिको कोटा दिएर बैठकमा उपस्थित गराउन राजी गराइएको चर्चा छ ।
परिषद बैठक भन्दा ४८ घन्टा अगाडि एजेन्डासहित सदस्यहरुलाई जानकारी दिने ऐनको ब्यवस्था पनि पालना हुन सकेको छैन । सोमबार मात्र बैठक डाकिएको हो । संवैधानिक परिषदको तीन पटकको बैठकमा सहमति हुन नसके त्यसपछिको चौथो बैठकमा बहुमतका आधारमा निर्णय गर्ने ऐनको प्रावधान पनि छ । तर त्यसका लागि बैठकको कोरम त पुग्नैपर्ने कानुनविदहरु बताउँछन् ।
आज बिहान १० बजे मन्त्रिपरिषदको बैठकपछि संवैधानिक परिषदको बैठक ११ बजेका लागि राखिएको छ । नेकपाभित्रको विवाद थाँती रहेकी बेला संवैधानिक परिषद बैठक बोलाइएकोमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एक कार्यक्रममा बिरोध गरेका छन् । आइतबारको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नगएकाले स्थगित भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित ३ पदाधिकारी रिक्त छन् । मानवअधिकार आयोग लगायत अन्य १२ वटा आयोगमा ४५ पद खाली छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend