Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाइलाई एसएसपी बनाउन बढुवा लम्ब्याउने खेलमा एआईजी भीम ढकाल


    बिहिबार, कार्तिक ८ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्राकृतिक न्यायको सिद्धान्त तथा लोकसेवा नियमावली अनुसार आफ्नो नातागोता पर्ने ब्यक्ति बढुवाको सम्भावित उम्मेदवार भए बढुवा समितिमा बस्ने सदस्य आफैं उक्त समितिबाट अलग हुनुपर्छ । तर प्रहरी प्रधान कार्यालयको बढुवा हेर्ने मानवस्रोत बिकास बिभागका एआईजी भीमप्रसाद ढकाल आफ्नै सहोदर भाइलाई बढुवामा पार्न आफैं शक्तिकेन्द्रमा ब्रिफिङ गर्न धाइरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय इलामको प्रमुख रहेका एसपी प्रभु ढकाल एआईजी भीम ढकालका सहोदर भाइ हुन् । चितवनमा डीएसपी हुँदा अत्याधिक मदिरा सेवन गरेर रातमा एक महिलाको ढोका हान्न गएपछि विवादमा परेका उनी सुनसरीको एसपी हुँदा अकूत कमाउन सफल भएका थिए ।

    बढुवा पारदर्शी र विवादरहित होस् भन्ने मनसायले लोकसेवा नियमावलीमा कोही पनि सदस्य आफन्तको नातागोताको बढुवाको समितिमा बस्न नमिल्ने तथा बसेको भए आफैं अलग हुनुपर्ने भनी लेखिएको छ । प्राकृतिक न्यायको सिद्धान्त अनुसार गर्नुपर्ने त्यही हो तर एआईजी ढकाल स्वार्थ बाझिने (Conflict of interest) गरी केही दिन बढुवा लम्बाएर भाइलाई एसएसपी बनाउने अभियानमा लागेका छन् ।

    एआईजीको ५६ बर्ष उमेरहदले आगामी मङ्सिर २८ देखि स्वतः अवकाशमा जाने ढकाल कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीको नजिकको पात्र भनेर चिनिन्थे । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीसँग भोजपुरको साइनो लगाएर ओलीको नजिक भएका उनी अहिले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निकट छन् । सुर्खेतमा डीआईजी हुँदा खड्काको एसम्यान बनेका उनलाई अहिले ओलीले मन पराउँदैनन् । सोही कारण उनले एकेडेमी वा उपत्यका प्रहरी प्रमुखमा जान मरिहत्ते गर्दा पनि प्रधानमन्त्री ओलीले दिएनन् ।

    अहिले नेपाल प्रहरीमा ६ डीआईजी र १७ एसएसपी खाली छ । खाली दरबन्दीमा तत्काल बढुवा गर्न प्रधानमन्त्रीले गृहसचिव र आईजीपीलाई निर्देशन दिएतापनि एआईजी ढकालले एक हप्तापछि थप २ एआईजी खाली भएपछि बढुवा गर्नुपर्ने भन्दै बढुवा रोकेको आरोप छ । अहिले बढुवा गर्दा २०५६ सालको ब्याचका गोविन्द अधिकारी, बिमल कणेल, बिनोद सिलवाल, तुलबहादुर कार्की, राकेश सिंह र राजीव बस्नेत बढुवामा पर्ने र २०५८ को ब्याचबाट रमेश थापासहित पहिलो बढुवा सूचीबाट ११ जनामात्र बढुवा हुने सम्भावना छ ।

    २०७५ फागुन ३ मा एसपी बढुवा भएको सूचीबाट विवादमा परेका प्रकाश रानाभाट र कमल थापाबाहेक जनार्दन जीसी, कृष्ण कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जवरा, श्यामकुमार महतो, कृष्ण पँगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा बढुवामा पर्ने पक्कापक्की देखिन्छ ।

    भैंसेपाटी हनीट्रयाप काण्डमा विवादमा परेका कमल थापा बढुवा भएमा नवराज अधिकारी बढुवाको जोखिममा देखिन्छन् । २०७७ बैशाख १७ मा एसपी भएको ब्याचबाट प्रभु ढकाल, होविन्द्र बोगटी, शान्तिराज कोइराला, सन्तोषसिंह राठौर, दयानिधि ज्ञवालीलगायतले बढुवामा पर्न चर्को लबिङ गरिरहेका छन् ।

    नुवाकोटको प्रमुख रहेका शान्तिराज कोइरालाले काठमाडौंको थलीमा घर बनाइरहेका छन् । घर बनाउन उनले जिल्लामा मातहत र तस्करहरुबाट मागेर बालुवा गिटी र काठमाडौ ओसारिरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार