Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी, ओली पनि सहभागी


    आइतबार, मंसिर २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

    आजको बैठक नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको बताइएको छ ।

    गत मंसिर २१ गतेबाट सुरु भएको स्थायी कमिटी बैठकको पहिलो दिन ओली अनुपस्थित भएका थिए । आजको बैठकमा भने ओली सहभागी छन् । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ ।

    ४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अहिले ४३ सदस्य छन् । सभामुख अग्नी सापकोटा र पूर्वसभामुख कृष्णबहादुर महराको पद रिक्त छ । स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार