काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन् ।
पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको मृत्यु भएपछि विभिन्न सञ्चारमाध्यममा नारायणकाजीसँग जाेडेर विभिन्न समाचार बाहिर आएका छन् । तर ती विभिन्न समाचारमा कुनै सत्यता नभएकाे श्रेष्ठले बताएका छन् ।
हाइड्राेपावरकाे सेयरकाे विषयमा विवाद हुँदा आफूले विवाद समाधानका लागि मध्यस्तता मात्रै गरेकाे नारायणकाजीले बताए । तर साेही विषयलाई लिएर लामाकाे निधन भइसकेपछि चरित्रहत्या गर्ने उद्देश्यले अडियाे सार्वजनिक गरिएकाे उनकाे भनाइ छ ।
काेराेना संक्रमण पुष्टि भएपछि लामाले लेनदेनकाे विवाद रहेकाे देखिने गरी सामाजिक सञ्जालमा स्टाटसहरू लेखेका थिए । तर ती कुनै पनि स्टाटसमा नारायणकाजीकाे नाम उल्लेख छैन । लामाले नामै उल्लेख नगरेकाे अवस्थामा उनकाे मृत्युपछि आफ्नाे नाम जाेडेर अतिरञ्जित तरिकाले प्रचार गरिनु दुर्भाग्य भएकाे उनले बताए ।
‘कमरेड लामा र मबीच लामाे समयदेखि निकटकाे सम्बन्ध थियाे । हाइड्राेकाे सेयरको विषयमा विवाद हुँदा उहाँकै अनुरोधमा मैले विवाद समाधानका लागि मध्यस्थता गरेकाे मात्रै हुँ’, उनले भनेका छन्, ‘यस घटनामा मेराे अलिकति पनि गल्ती देखिए जस्ताेसुकै दण्ड भोग्न तयार छु ।’
बाहिर आएकाे अडियाे र भिडियाेमै पनि त्यस्ताे आपत्तिजनक विषय नभएकाे उनकाे भनाइ छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend