काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हदृयेश त्रिपाठीले गणतन्त्र र लोकतन्त्रको सौन्दर्यताको सदुपयोग गरेर नै विभिन्न प्रकारका समूहहरु सडकमा देखिएको बताउनुभएको छ । हिजोको निरंकुश राजसंस्थाको शासनकालमा यसरी सडकमा लोकतन्त्र माग्न पाइँदैनथ्यो, आज लोकतान्त्रिक अधिकार प्रयोग गरी राजतन्त्रको पक्षमा नारा लाउन पाएका छन् । लोकतन्त्रले नै यो सबै अधिकार पाइएको हो भन्ने कुरा सबैले मनन गर्नुपर्छ, मन्त्री त्रिपाठीले भन्नुभयो–संघीयता र गणतन्त्रको विकल्प नरहेको साथै राजतन्त्रले हरेक स्वतन्त्र अधिकार संकुचित गर्ने कुरा जनताले हिजोको इतिहासबाट बुझेका स्मरण गराउनुभएको छ ।
‘राजतन्त्र केन्द्रीयताको पक्षमा हुन्छ र संघीयता अनि लोकतन्त्रको विपक्षमा रहन्छ । यो कुरालाई बुझ्न हामीले २०४७ सालको संविधानको अन्त्यमा गरिएको प्रजातन्त्र र लोकतन्त्रमाथिको प्रहार नै स्पष्ट छ’ एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा त्रिपाठीले भन्नुभयो, कसैले धर्मलाई राजनीतिको सहारा बनाउँछ भने यो धर्मको दुरुपयोग, धर्ममाथिको अन्याय हो , धार्मिक आचरण विरुद्ध काम हो । यो कुरा आम नेपाली जनताले बुझिसकेका छन्,संविधान जारी भइसकेपछि मूलतः वैचारिक संघर्ष मौन छ र वर्तमान अवस्थामा कोरोना भाइरसको प्रभावले व्यक्ति, समाज, देश र जगत नै असुरक्षित छन् । जनतामा कमजोर मनोविज्ञान भएको बेला धर्म र यस्ता विषयमा राजनीति गर्नु गैरजिम्मेवार राजनीति हो ।
हाल सत्ताधारी दल नेकपाभित्र देखिको राजनैतिक अन्तरविरोधलाई मन्त्री हृदयेश त्रिपाठीले गम्भीर रुपमा लिनुभएको छ । उहाँले भन्नुभयो, असन्तुष्टि हुनु बेठिक नभएको, असन्तुष्टि नै परिवर्तन का मुख्य कारण जसलाई हामी सकारात्मक लिन सक्नुपर्छ तर मैले मुख्य समस्या र चुनौती के देखेको छु भने जनताबाट निर्वाचित दलभित्र देखिएको आन्तरिक कलह गम्भीर छ । जस्तै तत्कालीन नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक कलह कारणले २०४८ सालपछि देश मध्यावधिमा गयो जसका कारणले पछि त्यो प्रणाली पनि गयो र संविधान पनि रहेन । त्यसकारणले अहिले देखिएको नेकपाभित्र विवादले यो जोखिम पनि सिर्जना गरेको छ । हाल नेकपा मतदाता र कार्यकर्ता र धेरै जनताभित्र निराशा देखिएको छ र यहीबेला केही शक्तिहरुले यो व्यवस्था विरुद्धको लागेको देखिन्छ । यदि नेकपा विभाजन भयो भने यो प्रणालीमा नै ग्रहण लाग्न सक्छ र यो व्यवस्था पनि जान सक्छ किनकि संविधानलाई बोक्ने मुख्य सामाजिक राजनीतिक शक्तिहरु कमजोर भए भने संविधानको मर्मरभाव खण्डित हुन्छ र यसको संरक्षण र कार्यान्वयनमा चुनौती देखिन्छ ।
त्रिपाठीले जनताले लडेर ल्याएको लोकतन्त्र र संघीयतासहितको अधिकार पुन फर्काएर आफूलाई दास नबनाउने पनि दावी गर्नुभयो । नेपाली राजनीतिमा सार्वभौम सत्ता र राजकीयसत्ता कसमा रहने भन्ने पुरानै बहस रहेको र ठूलो संघर्षबाट हिजो जनताले नै राष्ट्रसंस्थाबाट जनतामा ल्याएको राज्यसत्ता र सार्वभौमसत्ताको स्रोत र अधिकार जनताले नगुमाउने बताउनुभयो । लोकतन्त्रको विकल्प हुननसक्ने र अहिले जनतामा रहेको कमजोर मनोविज्ञानमाथि संबिधान, राज्यव्यवस्था र धर्मका नाममा राजनीति गर्न खोज्नु गैरजिम्मेवार राजनीतिको रुपमा मन्त्री त्रिपाठीले टिप्पणी गर्नुभएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend