Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो


    आइतबार, असोज १३ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

    गृहमन्त्रालयका अनुसार आइतबार राति ७: ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार