काठमाडौं । एकनारायण अर्याल मुख्यसचिव भएपछि रिक्त गृहमन्त्रालयको सचिवमा नारायण शर्मा दुवाडीले मौका पाउने भएका छन् । दुवाडी हाल राष्ट्रपति कार्यालयमा कार्यरत छन् । गृहमन्त्री रमेश लेखकले उनलाई गृहमन्त्रालयको सचिव बनाउन लागेका हुन् । दुवाडी गएको साउन १४ मा २२ सचिवको सरुवामा प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा खटाइएका थिए ।
राष्ट्रपति कार्यालयमा सरुवा भएपछि उनले पीएसओ मागेर हैरान पारेका थिए । सेरोमोनियल राष्ट्रपतिको सुरक्षार्थ नेपाल प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएकोमा केही दिनअघि सेटै परिवर्तन भएको थियो । नयाँ आएका इन्स्पेक्टरसँग उनले पीएसओ मागेर हैरान बनाएका थिए । राष्ट्रपतिका लागि प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी तैनाथ भएपनि सचिवका लागि पीएसओ दिन कानुनतः नमिल्ने कुरा थाहा भए पनि उनले किन मागेका हुन् भनेर सचिवालयका कर्मचारीहरु नै चकित परेका थिए ।
राष्ट्रपति कार्यालयमा पीएसओ नपाएका उनी अब ७७ हजार प्रहरीदेखि ३७ हजार सशस्त्र प्रहरीकै खटनपटन गर्ने गृहमन्त्रालयको प्रशासनिक नेतृत्व गर्ने भएका छन् । यसअघि बाणिज्य मन्त्रालय र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भइसकेका दुवाडी निर्णय क्षमता भएकाभित्र भने पर्दैनन् । सुदूरपश्चिम घर भएका महलेखा नियन्त्रक विनोदप्रकाश सिंह र त्यही भूगोलमा ससुराली भएका कृष्णहरि पुस्करले गृहमन्त्रालयमा जानका लागि सबै शक्ति लगाउँदा पनि दुवाडीले बाजी मार्ने भएका छन् ।
विनोदप्रकाश सिंह टेरामक्स खरिदको घोटालामा कुनै पनि बेला मुद्दा जानसक्ने भनेर गृहमा लाने कुरामा मन्त्री लेखक पछि हटेका छन् । पुस्करलाई पनि मन्त्रीले त्यति नरुचाउँदा दुवाडीले बाजी मार्ने भएका छन् । पुस्करले त सचिव बढुवा हुनासाथ प्रदेशमा पदस्थापन नभई गृहमन्त्रालयमा हुने भन्ने ग्यारेन्टी गरेका थिए । तर गृहमा होइन, आरजु राणाको कृपाले उनी राजस्व सचिव हुने मौका पाएका थिए । तर उनले तीन बर्षसम्म पनि गृहमा जाने धोको पूरा गर्न पाउने संभावना कम छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend