Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धितोपत्र बोर्डको अध्यक्ष पदको अन्तर्वार्ता असोज १८ मा हुने


    बिहिबार, असोज १० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता हुने भएको छ ।

    अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता असोज १८ गते हुने जानकारी दिएको हो ।

    कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीको नाम संक्षिप्त सूचीमा समावेश गर्दै उनीहरुको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते बिहान ८ बजे हुने जानकारी समितिले दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार