Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि निर्माण ब्यवसायीले गरे आक्रमण


    मंगलबार, असोज ८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल । आन्दोलनरत निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन् । आक्रमणका क्रममा कोषका सदस्य–सचिव सानुराजा शाक्य र कोषाध्यक्ष ढुण्डीराज भट्टराई सामान्य घाइते भएका छन् ।

    मंगलबार निर्माण व्यवसायीहरुले फाइभ इलेमेन्ट होटलबाट बाहिरी रहेका कोषका पदाधिकारीमाथि आक्रमण गरेका हुन् ।

    लुम्बिनी विकास कोषका पदाधिकारीलाई होटलको ढोकामा हुल हुज्जल गरिएको र कोषका सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईमाथि आक्रमण गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    २० जनाको समूहमा रहेका आन्दोलनकारीले आक्रमण गर्दा त्यहाँ उपस्थित सांसद र कोषका कर्मचारीले उनीहरूलाई जोगाएका थिए । सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईलाई सामान्य चोटपटक लागेको छ ।

    आन्दोलनरत निर्माण व्यवसायीको माग सम्बोधन गरी समस्या समाधान गर्न लागिपरेका बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गर्नु दुःखद भएको कोषाध्यक्ष भट्टराईले बताएका छन् ।

    लुम्बिनीमा निर्माणसम्बन्धी काम गरिरहेका चार वटा जेभी आफूहरूले काम गरेबापत रनिङ बिलको करिब ४९ करोड भुक्तानी पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि आन्दोलित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार