Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • नेप्सेमा ९० अंकको गिरावट, १२ अर्बको कारोबार


    बुधबार, भाद्र १९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेप्सेमा ९०.७३ अंकको गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव  २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ ।

    बुधबार ३२० वटा कम्पनीको कारोबार हुदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ ।

    आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मूल्यमा  नकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ३० करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ७ लाख १९ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार