Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टान निर्वाचनः एमाले–कांग्रेस गठबन्धनका सापकोटा पराजीत, माओवादी र एस समर्थित पाण्डे विजयी


    मंगलबार, भाद्र १८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । दुई ठूला दल कांग्रेस एमाले मिलेर सरकार बनाएका छन् । तर उनीहरु दुबै मिलेर गठबन्धन बनाएर उम्मेदवारी दिएको एक पेशागत संगठनमा भने माओवादी, रास्वपा र नेकपा एस समर्थित समूहका उम्मेदवारसँग पराजीत भएका छन् ।

    ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा माओवादी र एस गठबन्धनका सागर पाण्डे विजयी भएका छन् । एमाले–कांग्रेस गठबन्धनका अध्यक्षका उम्मेदवार राजेन्द्र सापकोटा एक सय मतको अन्तरले पराजीत भएका छन् ।

    पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो । ट्रेकिङ क्षेत्रका ठूला ब्यवसायीहरु सबै पाण्डेको समूहमा लागेपछि दुई ठूला दल मिल्दा पनि सापकोटा पराजीत भएका छन् ।
    मंगलबार बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५ सय ८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।

    सापकोटालाई कांग्रेस एमाले निकट पर्यटन ब्यवसायीले आधिकारिक उम्मेदवार बनाए पनि ती दुबै संगठनभित्र उनको पक्षमा ५० प्रतिशत पनि ब्यवसायीहरुको सहयोग उनले पाउन सकेनन् । एमालेनिकट सापकोटालाई सोही पार्टी निकट संगठनभित्रको आधा संख्याले पनि साथ नदिएकाले पाण्डे बिजयी भएका छन् ।

    टानमा यसपटक धादिङ भर्सेज गोर्खाको बिषयले पाण्डेलाई साथ दिंदा पनि उनी बिजयी हुन पुगेका छन् । विगतमा भएका टानको निर्वाचनदेखि पर्यटन अन्तर्गतका नियुक्तिमा सापकोटाको भूमिकाका कारण पनि एमाले निकट ब्यवसायीहरुको साथ उनले पाउन नसक्दा उनी पराजीत हुन पुगेका छन् ।

    टानको वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा विजयी भएका छन् । उनले ५५८ मत पाउँदा पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका छन् । निर्वाचन समितिका अनुसार टानको प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् ।

    महसचिवममा भने पाण्डे समूहका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई पराजित गरेका हुन् ।

    त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् ।

    सदस्यहरूमा पवित्रा तामाङ, अम्बिरबहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्  ।

    सोमबार भएको टानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार