Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धितोपत्र विधेयकको मस्यौदामा बिचौलिया भट्टको चलखेल, ल फर्ममा ड्राफ्ट बनाइएकोमा रास्वपाको आपत्ति


    बुधबार, भाद्र १२ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ ।

    मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । सांसद श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको पाइएको भन्दै खारेजीको माग गरेकी छन् ।

    उनले भनिन्-विधेयकको अथरमा अमुक ल फर्मको नाम छ । के अर्थ मन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किन्दिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ? यस्तो महत्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि, सरकारले ड्राफ्ट गर्छ कि ल फर्मले ड्राफ्ट गर्छ ? आउट सोर्स गरिएको भए, आउट सोर्सको डकुमेन्टेसन चाहियो । यो धितोपत्र सम्बन्धी विधेयक अमूक ल फर्ममा डेभलप गरिएको भए यो खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो ।

    दीपक भट्ट र सुलभ अग्रवाल

    सो विधेयकको प्रपटिजमा पाइनियर ल फर्मको नाम देखाएको र सो ल फर्म पूर्व सभामुख एवं नेकपा एमाले नेता स्वर्गीय नेता सुवास नेम्वाङको हो ।

    सुमनाले संकेत गरेका बिचौलिया को हुन् ?

    रास्वपा सांसद सुमनाले इंगित गरेका धितोपत्र बोर्डको मस्यौदा ल फर्ममा बनाउने बिचौलिया दीपक भट्ट भएको जानकारहरु बताउँछन् । बिचौलिया दीपक भट्टको डिजाइनमा उक्त ल फर्ममा धितोपत्र बोर्डको ड्राफ्ट तयार गरिएको सेतको दाबी छ । स्रोतका अनुसार धितोपत्र बोर्डको अध्यक्षमा भट्टले चलखेल गरी पेट्रोल चोरीमा मुछिएका उनका ब्यापारीक साझेदार सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गराउन तत्कालीन हालका प्रधानमन्त्री  केपी ओलीबाटै तत्कालीन अर्थमन्त्री बर्षमान पुनलाई दबाब दिएका थिए ।

    बोर्डको अध्यक्षका लागि आवेदन दिएका ३ जना अनुपस्थित भएपछि श्रेष्ठको नियुक्ति हुन सकेको थिएन । ३ जनाको नाम सिफारिस गर्नैपर्ने प्रावधान भएकाले उनको नाम सिफारिस हुन नसकेपछि उनले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छ्न् । दीपक भट्ट र सुलभ अग्रवालले हिमालयन स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिएका छन् । त्यसका लागि उनले प्रधानामन्त्री ओलीलाई प्रभावमा पारिसकेका छन् । यसअघि हिमालयन पुनर्वीमा कम्पनीको लाइसेन्स लिनका लागि सूर्य सिलवाललाई बीमा प्राधिकरणको अध्यक्ष बनाएका बिचौलिया भ्ट्टले धितोपत्र बोर्डमा आफ्ना निकट रमेश हमाललाई बोर्डको अध्यक्ष बनाए ।

    हमालको कार्यकालमा हिमालयन स्टकको लाइसेन्स लिन बोर्ड सदस्यहरुले असहमति राखेपछि उनी बोर्ड अध्यक्षदेखि सदस्यसम्म आफ्ना निकटस्थहरुलाई ल्याउन लागेका छन् । र, हिमालयन स्टकको लाइसेन्स लिन ५ अर्बसम्म खर्च गर्न तयार भएर लागेका छन् । केपी शर्मा ओली नै प्रधानमन्त्री भएकाले उनलाई अब हिमालयन स्टकको लाइसेन्स लिन कुनै बाधा हुने देखिंदैन । विगतमा पुनर्बीमाको लाइसेन्स पनि १ अर्बको चलखेलमा ओली प्रधानमन्त्री हुँदा नै लिएका थिए । सरकारी वीमा कम्पनी डुबाउन उनले पुनर्वीमा कम्पनीको लाइसेन्स लिएका थिए भने अब नेपाल स्टक एक्सचेन्ज डुबाउन ओलीले भट्टको हिमालय स्टकलाई लाइसेन्स दिने निश्चित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार