Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागढुंगा पहिरो अपडेट: सडक एकतर्फी खुल्यो


    बुधबार, भाद्र ५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा नजिकै पहिरो खस्दा अवरुद्ध रहेको सडक एकतर्फी खुलेको छ ।

    त्रिभुवन राजपथ अन्तर्गत काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा झ्याप्ले खोला नजिकै बिहान करिब दश बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

    अहिले धादिङ र काठमाडौं तर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको प्रहरीले जनाएको छ ।

    पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिँदा सडक अवरुद्ध खुलाउन समय लागेको छ । सडक पूर्ण रुपले सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार