Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेकपा एकताबद्ध भएर अघि बढ्छ : प्रमुख सचेतक अधिकारी


    शनिबार, मंसिर २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेत मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो ।

    मस्र्याङ्दी गाउँपालिका–३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव यमबहादुर बोहोराको १३औँ पुण्यतिथिको अवसरमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उहाँले पार्टीमा अहिले छलफल चलिरहेकाले यो छलफलबाट पार्टी विभाजन नुहने, झन् बलियो भएर अघि बढ्ने बताउनुभयो ।

    नेकपा बलियो र एकजुट भएमा मात्र देश विकास हुने बताउँदै उहाँले पार्टीका शीर्ष नेताहरुलाई एकजुट भएर अघि बढ्नलाई समेत आग्रह गर्नुभयो । नेकपा बलियो बनाउनका लागि  महाधिवेशनमा समेत जानुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पार्टीका वडासचिवको निधनले परिवार शोकमा रहे पनि शोकलाई शक्तिमा बदलेर जानुपर्छ ।”

    गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा लमजुङका सचिव धनञ्जय दवाडीले पार्टीले कर्मठ कार्यकर्ता गुमाएको र स्थानीय कमिटीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “शोकलाई शक्तिमा बदल्दै यमबहादुरका छोराछोरीले टुहुरा महसुस गर्नु नपर्ने र अभिभावका रूपमा नेकपा रहेको छ ।” श्रद्धाञ्जलि कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, सोही वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेत, नेकपाका कार्यकर्ता तथा स्थानीयवासीले फूल माला चढाएर श्रद्धाञ्जलि दिँदै बोहोराको निधनले गाउँलाई नै स्तब्ध बनाएको बताएका थिए ।

    नेकपा वडा कमिटीका सचिव ५७ वर्षीय बोहोराको यही मङ्सिर ८ गते हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । बोहोराको एक श्रीमती, तीन छोरी र एक छोरा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार