Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत


    मंगलबार, साउन १५ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

    मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

    उनको विपक्षमा भने ३५ मत प्राप्त भएको थियो। तीन सांसद तटस्थ बसेका थिए ।

    बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार