काठमाडौं, १ बैसाख । नेपालका प्रमुख राजनीतिक दल आन्तरिक विवादमै जेलिइरहे–वर्ष ०७६ भरी ।
पार्टीभित्रको आन्तरिक विधि, पद्धति र प्रक्रियाभन्दा नेताको हैसियत, बहुमत र भागबण्डाको राजनीतिमा नेकपा र काँग्रेस अलमलमा रहे । ती पार्टीभित्रको आन्तरिक विवाद अझै साम्य हुन सकेको छैन । नेकपामा त्रिपक्षीय शक्ति संर्घष (त्यसभित्र पनि मुख्य गरी दुई अध्यक्षवीचको शक्ति संघर्ष) मा राजनीति चक्कर वर्षभरी नै घुमिरह्यो ।
आसन्न १४ औं महाधिवशेनलाई लिएर काँग्रेसमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षवीच जुहारी चल्यो । स्पष्ट बहुमत रहेपनि सत्ताारुढ दलभित्रको आन्तरिक किचलोका कारण सरकारको काम जनअपेक्षा अनुसार देखिन सकेन ।
अन्य दल पनि आन्तरिक विवादले राष्टिय राजनीतिको केन्द्रबाट ओझेलमा परिरहे। एजेण्डागत रुपमा नेकपाभित्रको शक्ति संर्घष नै मूल रुपमा राजनीतिको मियो बनिरह्यो । प्रतिपक्षी काँग्रेस प्रभावहीन बनिदिँदा सरकारलाई खबरदारी गर्ने कुनै शक्ति राजनीतिमा देखिएन ।
राजनीतिमा कुनै सफलता हात पार्ने ब्रेक थ्रु नभएको पनि आफैभित्रको गोलचक्करमै राजनीति घुमेको कतिपयका विश्लेषण छन् । वर्ष ०७६ पनि त्यसैगरी घुमेको राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताउँछन् ।
नेपालको राजनीति ब्रेक थ्रु भएर नयाँ दिशा सामातेर हिंड्ने स्वभावको नभएको र राजनीतिक नेतृत्वमा पहिले नै परीक्षण भइसकेका नेता भएकाले उनीहरुबाट भविष्यमा नयाँ चमत्कार हुने अपेक्षा नरहेको उनको बुझाई छ । ‘नेपालको राजनीतिक गोलचक्करमै छ । पार्टी नेता त्यही छन् ।
उनीहरुका विवेक र बुद्धिले जहाँ पुर्याउने रहेछन्, त्यहीअनुसार राजनीति कुद्ने रहेछ । नागरिकले कुनै हस्तक्षेप गरेर तुरुन्तै केही परिवर्तन हुने अवस्था पनि छैन । आन्तरिक उल्झनमै घुमिरहेछ राजनीति’, पोखरेल भन्छन् ।
नेकपामा कहिले प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच शक्ति संर्घष देखियो, कहिले प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपालबीच । ०७५ जेठ ३ मा पार्टी एकता भएयता दाहालले ०७६ को ते श्रो सातादेखि पार्टीमा आफनो अधिकार खोज्न थालेका थिए ।
२२ वैशाख ०७६ मा कार्लमाक्र्सको जन्म दिवसमा आयोजित कार्यक्रममा पहिलोपटक पार्टी्भित्र एक्लो महसुस हुन थालेको भन्दै उनले असन्तुष्टि प्रकट गरे ।
त्यसअघि नै ओलीसँग वरिष्ठ नेता नेपालको फरक मत पार्टीमा दर्ता भइसकेको थियो । नेकपाभित्र अध्यक्षद्वयले पार्टीलाई लथालिंग पाराले चलाए । पार्टी विधानतः बैठक बस्नै सकेन। बल्तल्ल गत माघमा केन्द्रीय समिति बैठक बस्यो । सरकारले एकलौटी लिएका निर्णयको स्वामित्व पार्टीले लिन नसक्ने भन्दै बेला बेला नेताका भनाई सार्वजनिक भए ।
ओलीमाथिको दबाव बढदै जाँदा गत मंसिरमा ओलीले सरकार र दाहालले पार्टी हेर्ने गरी कार्य विभाजनसम्म गर्नुपर्ने अवस्था आयो ।
त्यति मात्र होइन, एमसीसी विवाद, वामदेव गौतमको कुर्सी मोह विवादमै घुमिरहे। यौन दुराचारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महरा पदमुक्त भए । महराको बहिर्गमनपछि नेकपाभित्र कसलाई सभामुख बनाउने भन्ने विषय विवादरहित हुन सकेन ।
संविधान संशोधनदेखि नेताहरुका धुव्रीकरणसम्मका विषयले नेकपालाई अल्झाइरह्यो । पार्टीका एकता प्रक्रिया टुंग्याउनेदेखि महत्वपूर्ण विभागहरुको जिम्मेवारी कसलाई दिने, त्यसभित्र आफनो समुहका कुन नेतालाई राख्ने भन्ने जस्ता विवादमा पनि नेकपा गोलचक्करमै फस्यो ।
मुख्यगरी अध्यक्ष ओली र दाहाल तथा वरिष्ठ नेता नेपालको शक्ति संर्घषको केन्द्र बनिरहे । यस्तै कारणले कतिपय विषय नेकपाभित्र अझै समाधान हुन सकेका छैनन् । उसले विवादका विषय गत फागुन १४ यता थाँती राख्दै आएको छ ।
पार्टीभित्रको आन्तरिक राजनीति विवादास्पद भइरहँदा सरकारले ल्याएका कतिपय विधेयकले आन्दोलनको आँधीबेरी ल्यायो । राष्ट्रिय मानवअधिकार आयोगको अधिकार संकुचित गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मिडिया काउन्सिलसम्बन्धी र गुठी जस्ता विधेयक यसका केही नमूना हुन् । सरकारले सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याएका कतिपय यस्ता विधेयकले नागरिक समाज र पेशाकर्मीलाई कुपित मात्र बनाएन, आन्दोलित समेत गरायो ।
संविधानले केन्द्र र प्रदेशका अधिकारबारे स्पष्ट माग्र्निर्देशन दिएको छ । यसमा पनि अधिकार क्षेत्रका विषयलाई लिएर केन्द्र र प्रदेश सरकारबीच विवाद देखिए । खासगरी प्रदेश २ र केन्द्र सरकारवीच विवाद सतहमै आयो ।
संघीय सरकार मातहात रहने प्रमुख जिल्ला अधिकारीको अधिकार संकुचन गर्ने गरी प्रदेशले विधेयक ल्याउने काम मात्र गरेन, केन्द्र सरकारविरुद्ध मुद्दा नै हाल्ने अवस्थासम्म सिर्जना भयो ।
सरकारको कार्यशैलीसँग असन्तुष्टि जनाउँदै समाजवादी पार्टीले सरकार छोडने निर्णय गर्यो ।
गत कात्तिक १८ मा प्रदेश प्रमुख फेर्ने निर्णय र नयाँ नियुक्तिमा आपूmसँग सल्लाह नगरेको, संविधान संसोधनका विषयमा गम्भीर नभएको जस्ता आरोप लगाउँदै समाजवादी सरकारबाट बाहिरियो ।
काँग्रेसको अवस्था पनि उस्तै रह्यो । पार्टी संगठनभित्रको भागबन्डामा सो पार्टीमा ६०– ४० संस्थागत नै भयो । महाधिवशेन कार्यतालिका पहिले ल्याउने कि नल्याउने भन्नेमा देउवा–पौडेल चर्काचर्की परिरह्यो । विचार तथा अभिव्यक्तिमा प्रतिबन्ध लगाउने प्रावधान समेटेर पार्टी नियमावली मस्यौदा समितिले तयार पारेको विषयदेखि महाधिवशेन कार्यतालिकाका विषयले पार्टी विवादमा पर्यो ।
पौडेल पक्षले यसैका लागि पार्टी केन्द्रीय समिति बैठक समेत वहिष्कार गर्ने अवस्था आयो । अन्ततः फागुन ०७७मा महाधिवशेन गर्ने गरी महाधिवशेन गर्ने काँग्रेसको कार्यतालिका बनेको थियो । तर, अन्य आन्तरिक कलहबाट काँग्रेस अझै उम्कन सकेको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend