Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ‘ओली ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन्’


    बिहिबार, मंसिर १८ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् ।

    बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै नेता पाैडेलले भने, ‘केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेका हुन्। लोकतन्त्रका लागि होइन।’

    जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ गर्न नसक्ने बताए। बुधबार तनहुँमा पुल उद्घाटनका लागि जाँदा प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री ओलीमाथि पौडेल बिहीबार थप आक्रोशित बनेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार