काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले आज त्यहाँका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ ।
केही दिन अघि मात्रै रामग्राम नगरपालिसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयो । छलफलका क्रममा सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शाक्यले दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्ने बताउनुभयो ।
‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन्, मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथान बिच भगिनी सम्वन्ध स्थापना गर्ने कुरा आफैमा सकारात्मक छ,’ शाक्यले भन्नुभयो, ‘प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामूखि क्रियाकलाप संचालनका लागि साझेदारी गर्न चाहेका छौँ ।’
शाक्यले यस अघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्वन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिनुभयो । ‘हामीले यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो, चन्दननाथसँग पनि भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय काठमाडौँ महानगरपालिकाको यस अघि नै निर्णय गरिसकेको छ ।
उपयुक्त समयमा हामी दुई नगरबिच सझदारीपत्रमा हस्ताक्षर गर्न तयार छौँ ।’ भगिनी सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनलगायतका विषयमा पनि सहकार्य गर्न सकिने शाक्यले बताउनुभयो । ‘उहाँले रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।
चन्दनथान नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘यो हाम्रा लागि खुशीको पल हो,’ उहाँले भन्नुभयो, ‘हामी दुई नगरबिच धार्मिक पर्यटनसँग पनि जोडेर अघि बढ्न सकिन्छ ।’
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि भगिनी सम्वन्ध स्थापनापछि दुई नगरले सहकार्य गर्न सकिने बताउनुभयो । आजै धनकुटाको पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिसँग पनि छलफल भयो । सो छलफलमा प्रमुख राईले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न भगिनी सम्वन्ध स्थापनाका लागि प्रस्ताव राख्नुभयो
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend